(१) कुनै पनि सामाजिक संघ संस्थाले नेपाल सरकार वा विदेशी सरकार, अन्तर्राष्ट्रिय सामाजिक संघ संस्था वा नियोग वा व्यक्तिबाट वस्तुगत,
प्राविधिक, आर्थिक वा अन्य कुनै किसिमको सहयोग प्राप्त गर्न चाहेमा सहयोग प्राप्त गर्न चाहेको कार्य वा परियोजनाको प्रस्ताव र अन्य विवरण सहित तोकिए बमोजिम परिषद्समक्ष निवेदन दिनु पर्नेछ ।
तर तत्काल सम्पन्न गर्नु पर्ने कार्यक्रमको हकमा भने वार्षिक दुई लाख रुपैयाँसम्मको सहयोग परिषद्लाई पूर्व जानकारी दिई लिन सकिनेछ र सो काम सम्पन्न भएपछि तीन महीनाभित्र परिषद्मा प्रतिवेदन दिनु पर्नेछ ।
(२) परिषद्ले उपदफा (१) बमोजिम निवेदन प्राप्त भएपछि सम्बन्धित मन्त्रालय वा निकायसँग समन्वय गरी बढीमा पैंतालीस दिन भित्र स्वीकृति दिनेछ ।
तर राष्ट्र हित प्रतिकूल हुने कार्य वा परियोजनालाई अस्वीकृत गर्न सक्नेछ ।
(३) स्वीकृत परियोजना कार्यान्वयन गर्दा सम्बन्धित स्थानीय तहको सहयोग र समन्वयमा गर्नु पर्नेछ ।
(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि नेपाल सरकारपक्ष भएको अन्तर्राष्ट्रिय महासन्धी अनुरूप स्थापित संस्थाहरूले आकस्मिक उद्धार सेवाका लागि प्राप्त गर्ने सहायताका हकमा भने परिषद्सँग पूर्व स्वीकृति लिनु पर्ने छैन ।
तर त्यस्तो सहायता प्राप्त गरेपछि परिषद्लाई जानकारी दिनु पर्नेछ ।
(५) स्वीकृत परियोजनालाई विदेशी संस्थाले आर्थिक सहयोग उपलव्ध गराउँदा नेपाल ………. भित्र सञ्चालित वाणिज्य बैंकहरू मार्फत उपलव्ध गराउनु पर्नेछ ।